Hindu Buddha Mandir(हिन्दू बुद्ध मंदिर)

Notice: Update on Temple Opening and Closing Hours

Posts & Resources

प्रिय समुदाय ! – डा. श्याम कार्कि

December 11, 2025

प्रिय परिवारजन तथा आदरणीय समुदाय सदस्यहरू,

हाम्रो मन्दिरले आफ्नो पहिलो महत्वपूर्ण उपलब्धि हासिल गरिसकेको छ, मूल प्रवेश द्वार र ब्यबस्थित पार्किंग निर्माण र अन्य संरचनाहरु सफलतापूर्वक निर्माण सम्पन्न गरिसकेको छ। यो सम्भव केवल तपाईं सबैको आशिर्वाद, समर्पण र निरन्तर सहयोगका कारण भएको हो।

हामी अहिले मुख्य भवनको Certificate of Occupancy तथा मन्दिरका पवित्र स्थलहरूको अनुमति प्राप्त गर्ने अन्तिम चरणमा प्रवेश गरिरहेका छौँ। यस ऐतिहासिक मोडमा, हामी तपाईंलाई निर्माण मात्र होइन, एक दिव्य ऐतिहासिक महाअभियानको अभिन्न भाग बन्ने अवसरमा हार्दिक निम्तो गर्दछौँ।

डिसेम्बर ३१, २०२५ भित्र Founding Trustees को शिलालेख निर्माणका लागि नामावली बन्द हुनेछ।

समयावधी भित्र सद्स्य भएका परिवारहरूको नाम मन्दिरभित्र निर्माण गरिने भव्य Founding Trustees Wall मा सदा-सर्वदा उत्कीर्ण हुनेछ । भक्ति, त्याग र समुदायप्रतिको प्रेमको अमर प्रतीकका रूपमा। यो जीवनमा एकपटक मात्र प्राप्त हुने अवसर हो, जहाँ तपाईंको परिवारको नाम हाम्रो समुदायको आध्यात्मिक इतिहासमा सदैवका लागि अंकित हुनेछ।

$5,000 देखि $1,000,000 सम्मको योगदानमा Trustee को विशेष सम्मान प्रदान गरिनेछ। तपाईंको नाम आगामी पुस्ताहरूका लागि प्रेरणा, संस्कार र गर्वको उज्यालो बन्नेछ। यो दुर्लभ र ऐतिहासिक क्षण नछुटनुहोस्।आउनुहोस् , हाम्रो मन्दिरको मुटुमा आफ्नो परिवारको कथा अमर बनाऔँ।

गहिरो कृतज्ञतासहित,
Dr. Shyam Karki, Indira Karki & family.