
जय हिन्दु बुद्ध मन्दिर !
तुलसी हेमरुपां च रत्नरुपां च मञ्जरिम् । भवमोक्षप्रदां रम्यां अर्पयामि हरिं प्रियाम् ।।
विशेष सूचना
गतवर्ष जस्तै यसवर्ष पनि सबै इच्छुक भक्तजनहरका लागि तुलसीको बिरुवा एक हप्ता अगाडि बाट नै वितरण गरिने भएकाले मन्दिरमा आएर लैजानु हुन हार्दिक अनुरोध गर्दछौं । मन्दिर सहयोग प्रति बिरुवा : $5 मात्र /-
आषाढ शुक्ल एकादशी जसलाई हामी हरिशयनी वा देवशयनी एकादशी पनि भन्ने गर्दछौं । यस दिनबाट भगवान नारायण पाताल लोकमा गएर शयन गर्नुहुने भएकाले यसलाई हरिशयनी भनिएको हो ।
चार महिनाको चातुर्मास व्रत पनि यसैदिनबाट शुरु हुन्छ जुन हरिबोधिनी अर्थात ठूलो एकदशीसम्म रहने गर्दछ । हरिशयनी एकादशीको विशेष महत्व भनेको तुलसी रोप्ने पनि हो ।
तुलसीलाई भगवान नारायणको साक्षात् स्वरुप एवं प्रिय वस्तु मानिन्छ। तुलसी देवकार्य, पितृकार्य जस्ता सबैजसो धार्मिक अनुष्ठानहरुमा अत्यावश्यक हुनुका साथै अनेक ओषधीय गुणले भरिपूर्ण वनस्पति हो ।जसलाई विभिन्न रुपमा हामीले बाल्यकालदेखि नै सेवन गर्दै आइरहेका छौं ।
तुलसी विरुवा आफ्नो घर अगाडि विशेष पूजा अर्चना गरेर रोप्नाले हाम्रो घरमा सधै नारायणको वास रहने हुनाले कुनै पनि नकारात्मक प्रभाव हाम्रो घरपरिवारमा पर्दैन र वास्तुदेवता पनि प्रशन्न भएर घरमा सुख,शान्ति सम्वृद्धि सदैव मिलिरहने पुराणहरुमा वर्णन गरिएको छ ।
यसवर्षको हरिशयनी एकादशी (तुलसी रोप्ने दिन ) जुलाई 17 बुधवारको दिन परेको छ । यस दिन विहान मन्दिरमा सामूहिक रुपमा विशेष पूजा एवं पाठ गरेर तुलसीको विरुवा रोपिने भएकाले कर्ता भएर पूजा गर्न इच्छुक भक्तजनहरुले समयमा नै सम्पर्क गर्नुहोला ।
पूजाको समय :- बिहान 9:30 देखि 11:00 बजेसम्म ।
थप जानकारीका लागि सम्पर्क :
- Krishna Hari Ghimire
- Yogendra Raj Parajuli
- Tarun Poudel