Hindu Buddha Mandir(हिन्दू बुद्ध मंदिर)

Events

Maha Shivaratri (महाशिवरात्रि)



शिवरात्रि विशेष सूचना

हिन्दू–बुद्ध मन्दिर, बाल्टिमोरमा यस क्षेत्र वरपर बसोबास गर्नुहुने सम्पूर्ण भक्तजनहरूलाई आउँदै गरेको महाशिवरात्रिको पावन अवसरमा मन्दिर परिवारको हार्दिक स्वागत छ। शिव अर्थात् विशुद्ध चेतना—जसलाई पाँच कर्मेन्द्रियले अनुभूति गर्न सक्दैनन्। शंकराचार्यका अनुसार, जसको कुनै रूप, रंग वा आकार छैन, उनी नै शिव हुन्—सृष्टिकर्ता।

सनातनी धर्ममा विशेष चार रात्रिहरूमध्ये एक महाशिवरात्रि हो। यस वर्ष महाशिवरात्रि फेब्रुअरी १५ तारिखका दिन परेको छ। यस अवसरमा विश्वभरका मन्दिरहरूमा दर्शनार्थीहरूको उल्लेखनीय भीड लाग्ने गर्दछ।

मेरिल्याण्ड राज्यस्थित हाम्रो यस मन्दिरमा पनि हरेक वर्ष भक्तजनहरूको सहभागिता उल्लेखनीय रहँदै आएको छ। तर, यस वर्ष प्रतिकूल मौसमका कारण केही चुनौतीहरू देखिएका छन्। यस परिस्थितिलाई ध्यानमा राख्दै मन्दिर व्यवस्थापन समितिले केही व्यवस्थाहरूमा परिवर्तन गरेको छ। यसबाट भक्तजनहरूलाई पर्न सक्ने असुविधाका लागि मन्दिर परिवार क्षमाप्रार्थी छ।

Volunteer  Signup: https://forms.gle/ysNVAvCtyVQBZ9Um6

पार्किङ सम्बन्धी सूचना

  • मन्दिर परिसरमा पार्किङ सुविधा सीमित छ |
  • एक पटकमा २५ वटा मात्र कार पार्क गर्न सकिनेछ
  • पार्किङ समय एक घण्टाका लागि मात्र हुनेछ
  • वरपरका अन्य स्थानहरूमा हिउँ नपग्लिएकाले पार्किङ असुरक्षित हुन सक्छ
  • पार्किङ व्यवस्थापनलाई सहज बनाउन भक्तजनहरूको आगमन र प्रस्थान समयका लागि Google Form भरेर मन्दिर आउने समय सुनिश्चित गर्नुहोस्
  • फारम तल दिइएको लिंकमा क्लिक गरी भर्न सक्नुहुनेछ – https://forms.gle/Aahvnmo1MMVHwMxy6
Sign Up
Sign Up

 

पूजा सम्बन्धी जानकारी

  • भक्तजनहरूले दूध, जल र प्रसाद अर्पण गर्न सक्नुहुनेछ
  • विशेष पूजा बिहान ६:०० बजे मन्दिरका पूजारीज्यूद्वारा सम्पूर्ण भक्तजनहरूको प्रतिनिधित्व गर्दै सम्पन्न गरिनेछ
  • त्यसपछि मन्दिरभित्र व्यक्तिगत विशेष पूजा गरिने छैन
  • पूजा पश्चात पण्डितज्यूबाट टिका आशिर्वाद प्रदान गरिनेछ र स्वयंसेवकहरूद्वारा प्रसाद वितरण गरिनेछ
  • पार्किङ उपलब्ध नभएमा विशेष परिस्थितिलाई बुझिदिनुहुन भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौं। मन्दिरमा सबैको आगमन सहज बनाउन भक्तजनहरूको तर्फबाट पनि सहयोग र संयमको अपेक्षा गर्दछौं।

 

भक्त भगवानभन्दा पनि मननीय हुनुहुन्छ।
स्वविवेक र सहयोगका लागि हार्दिक आभार। 🙏

Event Date | Time
Starts: Feb 15, 2026 6:00 AM
Ends: Feb 15, 2026 5:00 PM
Event location
Hindu Buddha Mandir
Event Contact

443-322-4989 – Shreekrishna Regmi
410-698-5082 – Krishna Hari Ghimire
410-905-5791 – Tarun Poudel

Registration
Register Here