Hindu Buddha Mandir(हिन्दू बुद्ध मंदिर)

सुवर्ण अवसर ! कोही नछुटौं ! !

Events

सुवर्ण अवसर ! कोही नछुटौं ! !

December 10, 2025

यस हिन्दु बुद्ध मन्दिरको गरिमामय संस्थापक सदस्य बन्ने अन्तिम दिन : December 31, 2025

“सम्पूर्ण मेरिल्यान्ड तथा आसपासमा बस्ने नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई हार्दिक नमस्कार। हाम्रो धर्म, संस्कृति र परम्पराको उज्यालो जगेर्ना गर्न बाल्टिमोरमा निर्माण हुँदै गरेको हिन्दु–बुद्ध मन्दिर हामी सबैको सामूहिक सपना हो। तपाईंहरूकै निरन्तर साथ, रुचि र आशीर्वादले यो पवित्र कार्य आजसम्म आइपुग्न सफल भएको छ।

अब बाँकी निर्माण कार्यलाई सम्पन्न गर्न आजिवन सदस्य, ट्रस्टी, सुपर ट्रस्टीदेखि महादानीसम्म संस्थापक बन्ने अवसर खुला रहेको छ।यस ऐतिहासिक घडीमा कसैको नाम नछुटोस्, मन्दिरका संस्थापक सदस्य बन्ने सुवर्ण अवसर फेरी कहिल्यै बारम्बार आउँदैन। तसर्थ, आफ्नो समय, भावना र  सहयोगले यो धर्मिक अभियानलाई अझ सबल बनाउन यहि आउँदो डिसेम्बर महिनाको ३१ तारिख बुधवारका दिन अगाडि नै आफ्नो र परिवारजनहरुको नाम ऐतिहासिक सिलालेखमा समावेश गर्न हुन विनम्र अनुरोध गर्दछु।

म स्वयं ट्रस्टी भइसकेको र छिट्टै सुपर ट्रस्टी बन्ने प्रक्रियामा रहेको जानकारी गर्दै मेरा सम्पुर्ण साथीभाई, आत्मीयजनहरु सबैलाई यस महाअभियानमा जोडिन हुन हार्दिक अनुरोध गर्दछु ।

थप जानकारीका लागि,
www.HinduBuddhaMandir.org
जय हिन्दु–बुद्ध मन्दिर।
Ramchandra Adhikari(रामचन्द्र अधिकारी)
संस्थापक ट्रष्टी